निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर कालिकामा सम्पन्न : २ सय २३ जनाले लिए निःशुल्क सेवा

निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर कालिकामा सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनमा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकामा शिविर सम्पन्न भएको हो ।
शिविरमा आयुर्वेद उपचारका लागी विशेषज्ञ डाक्टर सहि वास्थ्य जाँच सेवा प्रयोगशाला सेवा र परामर्श लगायतका सेवा प्रदान गरिएका थिए । शिविरबाट २ सय २३ जनाले बिभिन्न आयुर्वेद स्वास्थ्य सेवा लिएका छन् ।
स्वास्थ्य शिविरको उद्घाटन गर्दै बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले गाउँपालिकाबासीलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने पालिका सरकारको नीति अनुसार नै कालिका स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना रिएको बताएका छन् ।
बिभिन्न अध्ययन अनुसार पनि आयुर्वेद उपचार पद्धति प्रभावकारी देखीएको बताउँदै उनले आम नागरिकलाई पनि आयुर्वेद स्वास्थ्य सेवाको पहुँचमा ल्याउन गाउँपालिका सरकार प्रतिबद्ध रहेको दाबी गरेका छन् । नागरिकको चाहाना र आवश्यकतालाई मध्यनजर गर्दै कालिका स्वास्थ्य चौकीमा स्थायी रुपमा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गर्ने योजना अघि बढाइएको समेत गाउँपालिका अध्यक्ष साउँदको नइ छ ।
जनताको घरदैलोमै स्वास्थ्य प्रदान अठोट अनुसार आयुर्वेद स्वास्थ्य शिविर कार्यक्रम अगाडी बढाइएको बताउँदै उनले यस्तै अन्य सेवाहरू र चुनावका प्रतिबद्धता क्रमशः पुरा गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले नागरिकको स्वास्थ्यप्रति आफू र गाउँपालिका सजग रहेको बताउँदै नागरिकलाई आवश्यक गुणस्तरीय र सर्वसुलभ स्वास्् सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताएकी छन् ।
शिविरमा प्रदान हुने सेवाको सदुपयोग गरि स्वास्थ्य लाभ लिन उनले शिविरमा सहभागी सर्वसाधारणमा आग्रह समेत गरेकी थिइन् ।
वडा अध्यक्ष टंक बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद प्रमुख अतिथि रहेका थिए भने उपाध्यक्ष बिन्दु रावल विशिष्ट अतिथि रहेकी थिइन् ।
बान्नीगढी जयगढ गाउँपालिकाको समन्वय तथा जल्ा आयर्वेद स्वास्थ्य केन्द्र अछामको आयोजनामा कालिका स्वास्थ्य चौकीमा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिवार आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै आएको छ भने गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार आगामी दिनमा आयुर्वेद स्वास्थ्य केन्द्रका रुपमा बिस्तार गर्ने लक्ष राखिएको छ ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य-शिक्षा
प्रतिक्रिया