Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

कानुनी सचेतना र साक्षरताका लागी बान्नीगढीमा अन्तरक्रिया सम्पन्न


कानुनी सचेतना तथा कानुनी साक्षरताका लागी पालिका स्तरिय अन्तरक्रिया कार्यक्रम बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ । बान्नीगढी जयगढ गाउँपालिका न्यायिक समितिको आयोजनामा अन्त्ररक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बिन्दु रावलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष साउँदले गाउँ ठाउँमा हुने बिभिन्न खालका हिंसा तथा विवाद लगायतका घटनामा अन्यायमा परेकाहरूलाई स्थानीय स्तरमै न्याय दिलाउन संविधानतः प्रत्येक पालिकामा न्यायिक समितिको व्यवस्था गरिएको बताएका छन् ।

गाउँ ठाउँमा हुने बिभिन्न खाले हिंसा,झैझगडा तथा अन्यायमा परेकाहरूले सहेर बस्नुपर्ने बाध्यताको अन्त्य भइसकेको बताउँदै उनले न्यायिक समितिले प्रदान गर्ने सेवाको भरपुर सदुपयोग गर्न सवैमा आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बिन्दु रावलले न्यायिक समितिप्रति नागरिकको आकर्षण बढाउन र न्यायिक समितिका काम कर्तव्य र अधिकारलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरोकारवालाबाट सुझाव लिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उल्लेख गरेकी थिइन् ।

अन्याय परेका तथा महिला,सीमान्तकृत समुदायका समस्या आवश्यकताबारे जानकारी लिन उनीहरूको घरदैलोमा पुग्ने गरि कार्यक्रम संचालन गर्ने उपाध्यक्ष रावलले प्रतिबद्धता जनाएकी छन् । न्यायिक समितिमा आएका गुनासो तथा उजुरीलाई सर्वसाधारणमैत्री बनाउन र सहज सेवा प्रदान गर्न आफू र न्यायिक समिति तत्पर रहेको दाबी गर्दै उनले कुनै पनि खाले हिंसा तथा अन्याय सहेर नबस्न आग्रह गरेकी छन् ।

गाउँपालिकाको हकमा हिंसा तथा विवादको प्रमुख कारक मदिरा नै बढी देखिएकाले मदिरा बेचबिखन र सेवनलाई के कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे आवश्यक छलफल गर्ने उनको भनाई छ । आम नागरिकका सुझाव सल्लाहलाई आत्मसाथ गर्दै अघि बढ्ने उनले उल्लेख गरेकी छन् ।

कार्यक्रममा वर्तमान कानुनी व्यवस्था र न्यायिक समितिको क्षेत्राधिकारका बारेमा कानुन व्यवसायी गणेश ढुंगानाले प्रकाश पारेका थिए । वडा अध्यक्ष,कार्यपालिका सदस्य बिभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत सरोकारवालाको सहभागिता रहेको कार्यक्रमको संचालन उजुरी प्रशासक गणेश सुनारले गरेका थिए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode