Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

आन्दोलित युवाद्वारा बान्नीगढीका बिद्यार्थीमाथी कुटपिट : व्यापारीमाथि अभद्र व्यवहार


बान्नीगढी जयगढ गाउँपालिकाका एसइई परीक्षार्थी बिद्यार्थीमाथी कुटपिट भएको छ ।

बस दुर्घटनामा परि आफन्तको मृत्यु भएपछि प्रदर्शनमा रहेका साँफेबगरका युवाहरूको जमातले बान्नीगढी जयगढ गाउँपालिकाका एसइई परीक्षा दिएर फर्किँदै गरेका परीक्षार्थी माथि कुटपिट गरेका हुन् ।

महेन्द्र माद्यामिक विद्यालय परीक्षा केन्द्रबाट परीक्षा दिएर घर फर्किँदै गरेका बिद्यार्थीमाथी प्रदर्शनकारीले गाली गलौचका साथै कुटपिट गरेको बिद्यार्थीहरुले बताएका छन् । बयालपाटा जयगढ सडक खण्डमा हिँड्दै गरेका बान्नीगढी जयगढ गाउँपालिकाका बिद्यार्थीहरुलाई बाईकमा आउँदै गरेका प्रदर्शनकारीले गालीगलौज गर्नुका साथै हातपात समेत गरेको बिद्यार्थीहरुको भनाई छ ।

बिद्यार्थीहरुका अनुसार बाईकमा आउँदै गरेका प्रदर्शनकारीले परीक्षा दिएर फर्किँदै गरेका छात्र तथा छात्राहरूमाथि गाली गलौच तथा अपशब्द बोलेका हुन् भने केही बिद्यार्थीमाथी हातपात समेत गरेका हुन् ।

प्रदर्शनकारीले गाली गलौच तथा कुटपिट गर्न थालेपछि बिद्यार्थीहरु सडकबाट भागेर जंगलको बाटो हुँदै जयगढ फर्किएका थिए ।

यस्तै जयगढ रोड बजारका व्यापारीहरूमाथि पनि प्रदर्शनमा उत्रिएका युवाहरूले अभद्र व्यवहार गरेको व्यापारीहरूले बताएका छन् । प्रदर्शनका क्रममा स्थानीय केही युवालाई उनीहरूले हातपात समेत गरेको बताइएको छ ।

हेमराज साफेमा ग्यारेज संचालन गर्दै आएका साँफेबगर नगरपालिका वडा नम्बर ३ शिद्देश्वरका २६ वर्षीय हेमराज कुँवर चैत्र १९ गते रिडिकोट नजिकै बसको ठक्करबाट घाइते भएका थिए भने उनको उपचारका क्रममा निधन भएको छ ।

कुँवरको मृत्यु भएपश्चात् पनि बस व्यवसायी सम्पर्कमा नआएको भन्दै उनका आफन्त आक्रोशित बनेका छन् । उनीहरूले शनिवार साँफेबगर,बयालपाटा,जयगढ लगायतका व्यापारी केन्द्रमा प्रदर्शन गरेका छन् भने बस काउन्टर तोडफोड गरेका छन् ।


क्याटेगोरी : अपराध, पश्चिम खोज, भिडीयो, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode