Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

हेमराजको मृत्यपछि आफन्त आक्रोशित, यातायात वन्द


वसको ठक्करवाट घाईते भएका हेमराज कुँवरको मृत्यु भएपछि यातायात बन्द गरिएको छ् । मृतकका आफन्तहरुले आज विहानै देखि साँफेबगर सडकमा टायर बालेर यातायातवन्द गरेका छन ।

साँफेबगर नगरपालिका वडा नं .३ शिद्देश्वरका २६ वर्षिय हेमराजलाई ठक्कर दिने सुप्रप ०१–००१ ख ३१५४ नम्वरका गाडी चालकलाई कार्वाही र मृतकका श्रीमत र दुई छोरीको लालनपालनको जिम्मा लिनु पर्ने मृतकका अंकल शैलेन्द्र कुँवरले वताए । गाडी चालक र धनी अहिलेसम्म सम्कर्पमा समेत आएका छैँन्न । पिडित पक्षका मागहरु पुरा नभए थप शसक्त आन्दोलन गर्ने आफन्तले वताएका छन । कुँवरको मृत्यु भएपछि आफन्त आन्दोलित भएका छन ।

आफन्तहरुले उपचारका क्रममा नेपालगन्जका डा. विनोद थापाले लाफरवाही गरेको समेत आरोप समेत लगाएका छन । उनिहरुले डा. थापा र वस मालिकको मिलोमतोमा हेमराजको ज्यान गएको स्थानियको आरोप छ । पिडित पक्षले जिल्लाका सुदूरपश्चिम वस व्यवसायी समितिका काण्टरमा समेत तोडफोड गरेका छन ।

कुँवरलाई चैत १९ गते साँफेबगर नगरपालिका वडा नं.७ रिडिकोटको वडा कार्यालय नजिकै वसले ठक्कर दिएको थियो । वयलपाटा अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगंज रिफर गरिएको थियो । नेपालगंजमा अप्रेशन सफल भएपनि हेमराज होसमा नआउँदा थप उपचारको लागि हेलिकप्टर मार्फत कांठमान्डौ लगिएको थियो । काठमान्डौं उपचारका क्रममा हिजो ज्यान गएको हो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode