Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिममा एकैदिन १८ जनामा कोरोना संक्रमण पुष्टि


सुदूरपश्चिममा कोरोना संक्रमण दर बढ्दै जान थालेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै प्रदेशमा १८ कोरोना संक्रमित थपिएका छन । ६९४ जनाको कोरोना परिक्षण गरिएकोमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

एन्टिजेन बिधिबाट ६७७ नमूनाको कारोना परिक्षण गर्दा १० र पीसीआर बिधिबाट १७ नमूनाको कोरोना परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

प्रदेशमा सोमबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो सयम सीमानाबाट भित्रिनेमा कोरोना संक्रमण देखिन थालेको छ ।

आज कोरोना संक्रमण पुष्टि भएका मध्ये ९ जना सीमामा गरिएको परिक्षणमा संक्रमित भेटिएका थिए ।

स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकामा ६, जुलाघाट नाकामा २, दार्चुलाको पुलघाट नाकामा १ जनामा संक्रमण पुष्टि भएको थियो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode