बैतडीमा जिप दुर्घटना एकजनाको मृत्यु, ११ घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
गणमेश्वरबाट देहिमाडौं आउँदै गरेको से १ ज २९५ नम्बरको जिप आज बिहान ११ बजे पञ्चेश्वर गाउँपालिका ५ तिलकपुर भिटा भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर पञ्चेश्वर गाउँपलिका ५ मसिना बस्ने ५५ वर्षीय महादेव भट्टको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
१२ जना सवार जिप ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिप सडकबाट ७० मिटर तल खसेको छ ।
दुर्घटना परेर घाइते भएकाहरुको उद्धार भइरहेको छ । घाइतेहरुको परिचय खुलेको छैन ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर ाहीलत ३० जनाको टोली घटनास्थलमा पुगेको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया