Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

विश्व अटिजम जागरुकता दिवस

बच्चाहरूमा एकोहोरो पन बढेको छ ? अटिजम पनि हुन सक्छ : डा. साउँद (कुराकानी सहित)


माया मेट्रो अस्पताल धनगढीका प्रबन्ध निर्देशक तथा बाल रोग विशेषज्ञ डा. मोहन साउँदले बच्चाहरूले अस्वभाविक क्रियाकलाप गर्न थाले अटिजम भएको हुनसक्ने बताएका छन् ।

बच्चाहरूले एकोहोरो अस्वाभाविक क्रियाकलाप गर्न थालेमा अटिजम भएको हुनसक्ने उनले बताएका हुन् ।

बच्चाहरूमा हाँस्दा एकोहोरो हाँसिरहने रुँदा एकोहोरो रोई रहने , छुट्टै आफ्नै काम गरिरहने , राम्रोसँग बोल्न नसक्ने लगायतका लक्षणहरू देखिएमा अटिजम भएको हुनसक्ने उनले उल्लेख गरेका छन् ।

उनले भने अटिजम स्नायु र नसाको विकासमा आउने ह्रासले उत्पन्न हुने अपाङ्गता हो । यो जन्मजात हुने नशा र तन्तुको विकासको क्रममा आएको असमानताको रूप हो । अटिजमलाई हामी “न्युरो डेभलप्मेन्ट डिसअर्डर” भनेर पनि चिन्दछौँ ।

अटिजम भएका व्यक्तिहरूलाई सामाजिक रूपमा घुलमिल हुन, सञ्चारको विचलन, कल्पना शक्ति कम हुने र व्यवहार गर्नमा कठिनाइ, खेलहरू खेल्न नजान्ने जस्ता समस्याहरू देखा पर्ने डा. साउँदले उल्लेख गरे ।

यी तीन मूल समस्या हरेक अटिजम भएका व्यक्तिहरूमा देखा पर्ने उनले बताए । साथै उनीहरूमा रहने इन्द्रियहरूको उतारचढावको फलस्वरूप अटिजम भएका व्यक्तिले आफूसँगको वातावरण, व्यक्ती र बस्तुप्रति भिन्नै प्रतिक्रिया देखाउने जुन अस्वीकृत र असमान रुपमा देखा पर्ने उनको भनाई छ ।

कुनै पनि बालबालिकाको भाषा विकास हुनु अगावै १६ महिनादेखि ३ वर्ष अगाडि नै उसमा औँलाले सङ्केत गर्ने, हो वा होइन भनेर सोध्दा टाउको हल्लाउने अभिभावकले औलाले देखाएको वस्तुमा आँखा लैजाने, चिनेको आवाज सुन्दा टाउको फर्काउने, चिन्ने व्यक्तिसँग आँखा जुध्दा मुसुक्क हाँस्ने जस्ता सञ्चार गर्ने सीपहरूको विकास भएको छैन भने त्यस्ता बालबालिकामा अटिजमको हुनसक्ने डा. साउँदले बताएका छन् ।

विश्व अटिजम जागरूकता दिवसको अवसर पारी माया मेट्रो अस्पताल धनगढीका प्रबन्ध निर्देशक तथा वाल रोग विशेषज्ञ डा. मोहन साउँदसंग अटिजम रोगका बारेमा कुराकानी गरेका छौँ ।

कुराकानी डा. मोहन साउँद


क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode