Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

तुर्माखादमा कमसल मदिरा नियन्त्रण : बान्नीगढीमा भने कारोबार फस्टाउँदै


अछाममा अवैध मदिरा नष्ट गरिएको छ । प्रहरीका अनुसार जिल्लाको भैरवस्थान प्रहरी चौकीले बरामद गरेको नौ हजार ६ सय १२ लिटर अवैध मदिरा नष्ट गरिएको हो ।

तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ बाट कर्णाली प्रदेश ०२–००१ च. ०७४८ नम्बरको जिप चेकजाँचका क्रममा अवैध मदिरा फेला परेको थियो ।

ओरेन्ज नामक ६८ पेटी मदिरा बरामद गरि नष्ट गरिएको अछाम प्रहरीले जनाएको छ । जिल्लाको चौरपाटी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाले कमसल खालको मदिरा पूर्ण रुपमा बन्देज लगाएका बेला अन्य पालिकामा भने अवैध मदिराले बजार पाइरहेको छ ।

बान्नीगढी जयगढ गाउँपालिकामा पनि किसान लगायतका सुन्तला रङ्गका कमसल मदिराको कारोबार दैनिक रुपमा फस्टाई रहेको छ ।

पालिकामा ५० यू.पी भन्दा माथिका कमसल खालका मदिराको खुलम खुल्ला कारोबार हुनाले नागरिकको स्वास्थ्यमा गम्भीर असर त परिरहेको छ नै सामाजिक हिंसा तथा झै झगडा तथा विवादका घटना समेत निम्ति रहेका छन् ।

बान्नीगढी जयगढ गाउँपालिकाको बजार क्षेत्र देखी गाउँ टोलमा समेत कमसल खालको मदिरा (ठ्याउका) जहिँतहिँ सहजै पाइन्छ । यो मदिरा अन्य मदिराको तुलनामा सस्तो भएता पनि यसको सेवनले स्वास्थ्यमा गम्भीर असर पर्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

प्रहरीका अनुसार पनि हाल बान्नीगढी जयगढ गाउँपालिकामा अन्य मदिराको तुलनामा कमसल खालको मदिरा(पटपटे,ठ्याउका) नै बढी सेवन हुने गरेको छ ।

तुर्माखाद गाउँपालिका र चौरपाटी गाउँपालिकाले यीँ मदिरालाई कमसल भन्दै बिक्री वितरणमा बन्देज लगाए पनि प्रहरीले यसको नियन्त्रणमा पनि जोड दिँदै आएको छ तर बान्नीगढी जयगढ गाउँपालिकाले भने यो मदिराका बिषयमा कुनै पनि निर्णय नगरेकाले प्रहरीले यस बिषयमा कुनै पनि कदम चालेको छैन ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी नारायण डाँगीले के कस्तो खालको मदिरा बिक्री बितरण गर्न दिने नदिने भन्ने अधिकार स्थानीय सरकारमा निहित रहेको हुनाले पालिकाको निर्णय अनुसार नै प्रहरीले आवश्यक कदम चाल्ने बताएका छन् ।

उनका अनुसार कमसल खालको मदिरा बन्देज गर्ने निर्णय गरेका पालिकामा प्रहरीले आवश्यक निगरानीका साथै कार्वाहि गर्ने कार्य अघि बढाइरहेको छ ।

बान्नीगढी गाउँपालिकाले पनि कमसल मदिराबारे आवश्यक निर्णय गरेमा निर्णय कार्यान्वयन गरि शान्ति सुव्यवस्था कायम गर्न प्रहरीले आवश्यक भूमिका निर्वाह गर्ने उनले बताएका छन् ।


क्याटेगोरी : अपराध, पश्चिम खोज, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode