कमलबजारमा भेटिए प्राचीन मुङ्ग्रा धारा : यसरी सुरु भयो उत्खनन (कुराकानी सहित)
कमलबजार नगरपालिका वडा नम्बर ७ सेरामा प्राचीन मुङ्ग्राका धारा भेटिएका छन् । वडा नम्बर ७ सेराको कुलदेवमा प्राचीन मुङ्ग्राका धाराहरू भेटिएका हुन् ।
करिब ४० बर्ष पहिलेको भीषण पहिरोमा ऐतिहासिक धाराहरू पुरिएको स्थानीयको भनाइलाई ध्या राखी वडा अध्यक्ष नृप बहादुर बोहरा र स्थानीयको पहलमा उत्खनन गर्दा तिँ कलात्मक धाराहरू भेटिएका हुन् ।
बषौँ पहिले पहिरोले पुरिएको उक्त स्थान पूर्ण रुपमा उत्खनन हुन बाँकी रहेको वडा अध्यक्ष नृप बहादुर बोहराको भनाई छ । उनका अनुसार हाल कलात्मक शैलीका २ वटा आकर्षक धारा देखिएका छन् भने उत्खननको कार्य जारि रहेको छ ।
उक्त स्थान पूर्ण रुपमा उत्खनन हुन बाँकी रहेकाले अन्य संरचनाहरू समेत फेला प् स्ने आँकलन गरिएको छ । शताब्दी औँ अगाडी अछामी राजा देवचन्द्र समालको राज्यकालमा सेरामा अछामको राजधानी समेत रहेको स्थानीय जानकारहरू बताउँछन् ।
प्राचीन कालमा भोटे राजाले राज गरेको स्थान समेत सेरा रहेको र कुलदेवमा उनीहरूले निर्माण गरेको धाराहरू पहिरोले पुरिएको छन् भन्ने ज्येष्ठ नागरिकहरूको भनाइलाई ध्यानमा राखी वडा सरकारले बजेट विनियोजन गरि तिँ सम्पदा उत्खनन गर्ने कार्य अगाडी ढाइएको डा अध्यक्ष बोहराको भनाइ छ ।
ढुंगालाई कुँदेर बुट्टा सहित मूर्तिको स्वरूप तयार गरि ढुंगाकै बिचमा पानी बग्ने गरि बनाइएका धाराहरू हेर्दा समेत आकर्षक र कलात्मक देखिन्छन् । तिँ धाराहरू कहिले र कसले निर्माण गरेका हुन भन्नेबारे कुनै पनि लिखित दस्ताबेज फेला भने फेला पार्न नसकिएको वडा अध्यक्ष बोहराले बताएका छन् ।
तिँ धाराहरूको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वबारे जानकार लिन म्बन्धित निकायसँग समन्वयका लागी पहल भईरहेको छ ।
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया