Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

‘विप्लव’ नेकपाद्धारा बैँक तथा वित्तीय संस्था विरुद्ध अछाममा संघर्ष समिति गठन


बैँक तथा वित्तीय संस्थाको मनपरी विरुद्ध अछाममा संघर्ष समिति गठन गरिएको छ ।

जिल्लाको साँफेबगरमा बैंक तथा वित्तीय संस्था र लघुवित्तको ज्यादती विरुद्ध २१ सदस्यीय समिति गठन गरिएको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पहलमा राधिका नेपालीको संयोजकत्वमा स्थानीय २१ जना महिलाहरूको संघर्ष समिति गठन गरिएको बताइएको छ भने कवि निभा शाहको नेतृत्वमा सल्लाहकार समिति गठन गरिएको छ ।

बैंक तथा वित्तीय संस्था र लघुवित्तले मनपरी रुपमा व्याज असुल्ने गरेको,ऋणीहरूका पिर मर्काको वास्ता नगरी मानसिक यातना लगायतका यातना दिने गरेको स्थानीय महिलाको गुनासोलाई मध्यनजर गर्दै संघर्ष समिति गठन गरिएको नेपाल कम्युनिष्ट पार्टी अछामले जनाएको छ ।

संघर्ष समिति गठन कार्यक्रममा सहभागी महिलाहरूले आर्थिक संकटका कारण बैंकको किस्ता तिर्न ढिलाइ हुँदा पटक पटक फोन गरेर,घरमै आएर तनाव दिने गरेका कारण आफूहरू ठुलो समस्यामा परेको गुनासो गरेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछाम जिल्ला सचिव निरक सी, कवि तथा महिला नेतृ निभा शाह ,अखिल क्रान्तिकारी जिल्ला इन्चार्ज दीपेन्द्र सी. लगायत सहभागी थिए ।

बैँक तथा वित्तीय संस्थाको मनपरी विरुद्ध अर्को बैठक मार्फत चरणबद्ध संघर्षका कार्यक्रम गरिने अखिल क्रान्तिकारी जिल्ला इन्चार्ज दीपेन्द्र सि.ले जानकारी दिएका छन् ।


क्याटेगोरी : अर्थ-वाणिज्य, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode