Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

प्रदेश सरकारले याेजना छनाैटमा पारदर्शिता ल्याउछ: मुख्यमन्त्री शाह


 सुदुरपश्चिम  प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकारले याेजना छनाैटमा पारदर्शिता ल्याउने बताउनु भएको छ ।

अछामकाे भ्रमणमा रहनु भएका मुख्यमन्त्री शाहले आज मंगलसेन नगरपालिकाले गरेकाे स्वागत तथा बधाई कार्यक्रममा बाेल्नुहुँदै बस्ती तथा वडा स्तरबाट छनाैट भएका याेजनालाई मात्रै प्राथमिकता दिई छनाैट गर्ने प्रतिबद्धता जनाउनु भयाे । विगतमा भएका विकृतिबारे आफू जानकार रहेकाे भन्दै उहाँले अब प्रदेश सरकारप्रति आम नागरिककाे धारणा नै परिवर्तन गरअं अघि बढ्ने बताउनु भयाे ।

मंगलसेन नपालिकाका प्रमुख पदम बहादुर बाेहराकाे अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख बाेहराले नगरका गाैरबका याेजनाहरुका बारेमा जानकारी गराउनु भएको थियाे । मंगलसेन खेल मैदान, मंगलसेन-रामाराेशन सडक, खानेपानी लगायतका बिषयमा जानकारी गराउँदै नगरप्रमुख बाेहराले स्थानीय तहसंग समन्वय गरेर मात्रै प्रभावकारी याेजना छनाैट गर्न आग्रह गर्नु भएको थियाे ।

साे समन्धमा मुख्यमन्त्री शाहले स्थानीय तहकाे समृद्धिका लागि प्रदेश सरकार सहकार्य गर्दै अघि बढ्न तयार रहेकाे भन्दै अब फरक तरिकाले प्रदेश सरकार अघि बढ्ने दाबी गर्नुभयाे ।
उहाँले स्थानीय तहका कर्मचारीकाे व्यवस्थापन गर्न स्थानीय सेवा ऐन ल्याउने प्रतिबद्धता समेत जनाउनु भयाे ।

कार्यक्रममा पूर्व सुचना तथा सञ्चार राज्यमन्त्री गाेविन्द बहादुर शाह, प्रदेश सांसद झपट बहादुर साउँद, लम्कीचुहा नगरपालिकाका प्रमुख शुशिला शाह, लगायतको सहभागीता रहेको थियाे ।
कार्यक्रमकाे सञ्चालन मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशाशकीय अधिकृत खकेन्द्र बहादुर साेडारीले गर्नु भएको थियाे ।
आजै मुख्यमन्त्री शाह लगायतको टाेलीलाई रामाराेशन गाउँपालिकाले पनि स्वागत गर्दै बधाई दिएकाे छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode