Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

शिक्षामा सामुदायिक विद्यालयको सुधार


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका गुणस्तरिय शिक्षाको सुधारका लागि सामुदायिक विद्यालयमा सुधार ल्याउन प्रदेश सरकारले प्राथमिकता राखेर अघि बडिरहेको बताएका छन् ।

सोमबार धनगढीमा नेपाल शिक्षक संघ प्रदेशको दोस्रो अधिवेशनको समुदघाटन गर्दै मुख्यमन्त्री शाहले सामुदायिक विद्यालयको शिक्षा क्षेत्रको सुधारका लागि शिक्षा नीति बनाएर गुणस्तरमा जोड दिईरहेको बताएका हुन् ।

उनले पछिल्लो समय प्रदेशमा संस्थागत विद्यालयप्रति अभिभावक तथा विद्यार्थीहरुकोे आकर्षण बढ्दै गएको बताउँदै ‘संस्थागत विद्यालयसंग सामुदायिक विद्यालयले प्रतिष्पर्धा गर्ने गरी प्रदेश सरकारले नीति बनाईरहेको छ ।

उनले सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण बढाउन आवश्यक नीति बनाउन शिक्षक संगठनका पदाधिकारीहरुले सहयोग गर्नुपर्ने बताए ।

उनले भने ‘शिक्षा नीति बनाउन तपाईहरुको साथ र सहयोग आवश्यक पर्छ । तपाईहरुको सुझावलाई आत्मासाथ गर्दै नीति बनाइने छ ।

उनले शिक्षा नीति बनाउन डाक्टर हेमराज पन्तको संयोजकत्वमा शिक्षा समिति गठन गरिएको जानकारी दिए ।

सो समितिले तयार पारेको प्रतिवेदनका आधारमा शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरुको सुझावमा नीति निर्माण गरिने बताए ।

प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले सरकारले बनाएको नीतिको कार्यान्वयन गर्न सरोकारवालाहरुको साथ र सहयोग आवश्यक रहेको बताए ।

उनले प्रदेश सरकारले शिक्षा क्षेत्रको सुधारका लागि नीति बनाईरहेको बताउँदै ‘सरकारले बनाउने नीति हो । त्यही अनुरुप हामी शिक्षा नीति निर्माण गरिरहेका छौं ।

तर, यसको पूर्ण कार्यान्वयन गर्ने र गराउन तपाई शिक्षकहरुको साथ र सहयोग महत्वपूर्ण रहने छ ।


क्याटेगोरी : शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode