Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा आगोले जलेर गम्भिर घाईते भएका हेमराजको मृत्यु


अछाममा पेट्रोल आगलागीमा परी शरीरको ७० प्रतिशत भाग जलेर गम्भिर घाईते भएका हेमराज रोकामगरको उपचारको क्रममा काठमाण्डौमा निधन भएको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नः ८ बारला स्थाई घर भएका रोकामगर गत फागुन १० गते आगलागीमा परी घाईते भएका थिए ।

आगलागीबाट गम्भिर घाईते भएका प्रेम रोकामगर र हेमराज रोकामगरको जिल्लामा उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालय अछाम र पञ्चदेवल विनायक नगरपालिकाको पहलमा हेलिकप्टर मार्फत उद्धार गरि सुर्खेत पठाइएको थियो ।

घाईतेद्धयको सुर्खेतमा पनि उपचार सम्भव नहुँदा प्रधानमन्त्री एवम् नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा हेलिकप्टर चार्टर गरी काठमाण्डौ लगिएको थियो ।

काठमाण्डौको कृतिपुर स्थित बोर्न अस्पतालमा १ महिना देखि उपचारार्थ हेमराजको आज मृत्यु भएको हेमराजका काका दिपेन्द्र रोकामगरले जानकारी दिए ।

बोर्न अस्पतालको आईसीयू बेडमा उपचार गराइरहेका हेमराजको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । आगलागीमा परी हेमराजको शरीरको आधिकांश भाग जलेको थियो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode