Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिममा गर्भवती महिला अकालमै ज्यान गुमाउन बाध्य : यस्तो छ अछामको अवस्था (कुराकानी सहित)


धामी झाँक्रीको उपचारमा भर पर्दा कैलालीको गोदावरी नगरपालिका–८, स्याउलेकी २२ वर्षीया गर्भवतीको ज्यान गएको छ ।

घरनजिकै अस्पताल भए पनि धामी बोलाएर कल्पना विकको उपचार थालिएको थियो। बिहानभर ती धामीले कल्पनालाई निको पार्न नसकेपछि दिउँसो गौरीगङ्गा नगरपालिकाको बनबेहडास्थित अर्को धामीको घरमा लगिएको थियो । ती धामीले पनि कल्पनालाई निको पार्न सकेनन् ।

त्यसपछि मात्र गर्भवती कल्पनालाई सेती प्रादेशिक अस्पताल लगिएको थियो । यस बिचमा कल्पना बिरामी भएको ३० घण्टा बितिसकेको थियो। कल्पनाको घरबाट छ किलोमिटरजति टाढा अत्तरियामा निजी अस्पताल छ । करिब २० किलोमिटर टाढा धनगढीमा सरकारी र निजी क्षेत्रका दर्जनौँ अस्पताल छन् ।

कल्पनाले जिब्रो बाहिर ल्याउने, –याल फाल्ने, काम्ने, झड्का आएजस्तो गर्न थालेपछि छर छिमेकी सबैले भूत लाग्यो भनेर शङ्का गरेका थिए । उनलाई अस्पताल पुर्याउन ढिलो भएकाले गर्भावस्थाको शिशुको मृत्यु भएको थियो ।

कल्पनाको अन्तिम जाँच फागुन ४ गते थियो तर उनी ३ गते बिहानै बिमारी भइन् । कल्पनालाई १७ दिन सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो तर उनको ज्यान बचेन । उनको उपचारमा संलग्न डा. खगेन्द्र भट्टले समयमै अस्पतालमा ल्याइएको भए कल्पना र गर्भको शिशुलाई बचाउन सकिने सम्भावना रहेको बताएका छन् ।

उनका अनुसार कल्पनालाई अस्पताल ल्याउँदा ब्लड प्रेसर बढी थियो । फोक्सो, लिभरलगायतका अङ्गले काम गर्न छाडेका थिए । कल्पनाको शरीरभरि ब्याक्टोरिया भाइरस फैलिसकेको थियो । बान्ता गरेको,ज्वरो आएको र बेहोस भएका कल्पनालाई निकै प्रयास गर्दा पनि बचाउन नसकेको डा. भट्टको भनाई छ ।

यातायात, स्वास्थ्य केन्द्रको पहुँच भएको कैलालीमा धामी झाँक्री, औषधि नियमित नखाने, जाँच नियमित नगर्ने, समयमै स्वास्थ्य संस्था नपुग्ने र स्वास्थ्य संस्थामा पहुँच नहुनाले हरेक वर्ष गर्भवती महिलाको मृत्यु हुने गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, कैलालीका फोकल पर्सन रमा गिरीका अनुसार यस वर्ष कैलालीमा चार, अघिल्लो आर्थिक वर्षमा नौ र त्योभन्दा अघिल्लो वर्ष २० गर्भवतीको समयमै उपचार नपाउँदा मृत्यु भएको थियो ।

सुदूरपश्चिम प्रदेशभरि साउनदेखि फागुसम्म २१ जना, आव २०७६÷७७ मा १९ जना, २०७६÷७८ मा २४ जना, २०७८÷७९ मा २१ जना गर्भवतीको ज्यान गएको सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत धर्मानन्द गिरीले जानकारी दिएका छन् ।

यसै बिच

अछाममा स्वास्थ्य संस्था तथा अस्पतालमा बच्चा जन्माउने गर्भवतीको संख्या सत प्रतिशत नभए पनि सन्तोषजनक भने रहेको स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताएका छन् ।

गत आर्थिक वर्षमा कुल ८४ प्रतिशतले स्वास्थ्य संस्था तथा अस्पतालमा बच्चा जन्माएको उनको भनाई छ ।

जिल्लामा स्वास्थ्य संस्था तथा अस्पतालमा बच्चा जन्माउनुपर्छ भन्ने मान्यताको विकास भईरहेको ढुंगानाले बताएका छन् ।

राज्यको नीति अनुसार गर्भवती महिलाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा लगायतका सेवा सहज रुपमा प्रदान हुँदै आएको उनको भनाई छ । यसै बिच हामीले गर्भवती महिलाले पाउने स्वास्थ्य सेवाको अवस्थाका बिषयमा स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानासंग कुराकानी गरेका छौँ ।

कुराकानी : झनकराज ढुङ्गाना


क्याटेगोरी : समाचार, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode