Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

मिसन ग्रास रुट अभियान

पार्टी अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन एमाले केन्द्रीय उपाध्यक्ष पौडेल अछाम आउने


नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल अछाम आउने भएका छन् । उनी यही चैत्र १३ गते जिल्लाको साँफेबगरमा आउने भएका हुन् ।

पार्टीको देशव्यापी मिसन ग्रास रुट अभियान अन्तर्गत अगुवा कार्यकर्ता प्रशिक्षण तथा अन्तरक्रियाका लागी उनी अछाम आउन लागेको नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहराले बताएका छन् ।

उनी अछाम आउने भएसँगै कार्यक्रमका लागी आवश्यक तयारी अगाडी बढाईएको अध्यक्ष बोहराको भनाइ छ ।

केन्द्रीय उपाध्यक्ष पौडेलको प्रमुख आतिथ्यतामा हुने प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि,प्रदेश कमिटी सदस्य,केन्द्रीय विभागका सदस्य,जिल्ला कमिटी सदस्य,प्रदेश तथा जिल्ला परिषद्का सदस्य,पालिका कमिटीका पदाधिकारी,वडा कमिटीका पदाधिकारी,निर्वाचित जनप्रतिनिधिहरू र पेसागत तथा जन संगठनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरूले सहभागिता जनाउन पाउने छन् ।

साँफेबगरमा रहेको कराते हलमा चैत्र १३ गते बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुने बताइएको छ ।

बाईट : चन्द्र बोहरा


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode