Techie IT
  • २३ मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

मिसन ग्रास रुट अभियान

पार्टी अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन एमाले केन्द्रीय उपाध्यक्ष पौडेल अछाम आउने


पार्टी अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन एमाले केन्द्रीय उपाध्यक्ष पौडेल अछाम आउने

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल अछाम आउने भएका छन् । उनी यही चैत्र १३ गते जिल्लाको साँफेबगरमा आउने भएका हुन् ।

पार्टीको देशव्यापी मिसन ग्रास रुट अभियान अन्तर्गत अगुवा कार्यकर्ता प्रशिक्षण तथा अन्तरक्रियाका लागी न अछाम आउन लागेको नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहराले बताएका छन् ।

उनी अछाम आउने भएसँगै कार्यक्रमका लागी आवश्यक तयारी अगाडी बढाईएको अध्यक्ष बोहराको भनाइ छ ।

केन्द्रीय उपाध्यक्ष पौडेलको प्रमुख आतिथ्यतामा हुने प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि,प्रदेश कमिटी सदस्य,केन्द्रीय विभागका सदस्य,जिल्ला कमिटी सदस्य,प्रदेश तथा जिल्ला परिषद्का सदस्य,पालिका कमिटीक पदाधिकारी,वडा कमिटीका पदाधिकारी,निर्वाचित जनप्रतिनिधिहरू र पेसागत तथा जन संगठनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरूले सहभागिता जनाउन पाउने छन् ।

साँफेबगरमा रहेको कराते हलमा चैत्र १३ गते बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुने बताइएको छ ।

बाईट : चन्द्र बोहरा


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode