Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

मेल्लेखमा पूर्वाधार व्यवस्थापन प्रणाली सहित एप संचालन् : यस्ता छन् फाइदा


मेल्लेख गाउँपालिकाले सुशासनका लागी पूर्वाधार व्यवस्थापन प्रणाली सहित एप संचालनमा ल्याएको छ ।

गाउँपालिमा सञ्चालित बिभिन्न पूर्वाधार योजना,योजना कार्यान्वयनको अवस्था,बजेट ,सेवा प्रवाह लगायत सार्वजनिक चाँसोका बिषयमा आम नागरिकलाई सहज रुपमा जानकारी दिने उद्देश्यले पूर्वाधार व्यवस्थापन प्रणाली ims र मोबाइल एप संचालनमा ल्याइएको हो ।

यो प्रणाली मार्फत सर्वसाधारणले इन्टरनेटको प्रयोग गरि गाउँपालिकामा सञ्चालित विकासे योजना,योजनाको बजेट,योजना कार्यान्वयनको अवस्थाका लगायतका सार्वजनिक सूचना सहज रुपमा प्राप्त गर्न सक्ने छन् ।

सुदूरपश्चिम प्रदेश सरकार मुख्य मन्त्री कार्यालयको नवप्रवर्धन साझेदारी कोषको सहयोगमा यो प्रणाली सुरु गरिएको बताइएको छ ।

त्यसका लागी www.ims.susasan.org/mellekh लगइन गरि साइट भिजिट गर्नुपर्ने हुन्छ भने एपका लागी एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले गुगल प्ले स्टोरमा गई ims-mellekh एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

पालिकाका जनप्रतिनिधिहरूलाई पालिका भित्रका पूर्वाधार परियोजनाहरूको प्रगतिबारे जानकारी लिई योजनाको प्रभावकारी कार्यान्वयनका लागी सहयोग पुर्‍याउने उद्देश्यका साथ पूर्वाधार व्यवस्थापन प्रणाली र एप संचालनमा ल्याइएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत चन्द्र प्रकाश साउँदले जानकारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकार मुख्य मन्त्री कार्यालयको नवप्रवर्धन साझेदारी कोषबाट सञ्चालित कार्यक्रम अनुसार यस प्रणालीलाई थप एकीकृत गरि नवीनतम प्रविधिमा जोड दिइने अधिकृत साउँदको भनाई छ ।

यसै गरि मेल्लेख गाउँपालिकाले स्थानीय तहमा नवीनतम प्रविधिको प्रयोग गरि स्वायत्त सूचना प्रविधिको अवधारण सहित स्थानीय डाटा सेन्टर संचालनमा ल्याउने तयारी समेत गरिरहेको छ । सम्भवतः यो देशमै स्थानीय तहमा पहिलो हुने छ ।

लोकल डाटा सेन्टरका लागी पालिकाको आफ्नै इन्ट्रानेट निर्माण भइसकेको बताइएको छ । लोकल डाटा सेन्टर स्थापना भएमा इन्टरनेट बिना पनि पालिका भित्र सूचना आदान प्रदान गर्न सकिने छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode