Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

धनगढीमा साहित्य सम्मेलन : अछामलाई उपेक्षा गरेको भन्दै आलोचना


धनगढीमा शुक्रवारदेखि सुरु भएको विश्व नेपाली नारी साहित्य सम्मेलनमा अछामलाई उपेक्षा गरेको भन्दै आलोचना हुन थालेको छ ।

अछाम जिल्लाबाट प्रतिनिधित्व गर्दै नेपाली साहित्य जगतमा चर्चित हस्ति तथा साहित्य जगतमा योगदान पुर्‍याएका कुनै पनि व्यक्तिलाई कार्यक्रममा अवसर नदिइएको भन्दै आलोचना हुन थालेको हो ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा चैत्र १० देखि धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलन सुरु भएको छ । १३ गतेसम्म सञ्चालन हुने सम्मेलनमा अछाम जिल्लाबाट कुनै पनि सर्जकलाई आमन्त्रण गरिएको छैन ।

साहित्य सम्मेलनको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रवार उद्घाटन गरेका थिए ।

विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भुटान, म्यानमार लगायतका देशहरूबाट दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहेको आयोजकको दाबी छ ।

नारी सम्मेलन भनिए पनि झुप्री भण्डारीजस्ता प्रतिभाहरूलाई उपेक्षा गरिएको भन्दै चौतर्फी आलोचना समेत भइरहेको छ । झुप्री चर्चित गायन शो द भ्वाइस अफ नेपालबाट आफ्नो कला देखाउँदै चर्चामा आएकी दृष्टिविहीन कलाकार हुन् ।

अछाम जिल्लाबाट कमल सङ्घर्ष, कलराज केसी, तपेन्द्र घोडासैनी, नवीन चिराग, पहल असीम, राम अविरल बिष्ट, एकेन्द्र अछामी, हेमन्त शिशिर लगायतका स्रष्टाहरू राष्ट्रिय स्तरमै चर्चामा रहेका नाम हुन् ।

साथै लामो समयदेखि साहित्यमा लेखनमा सक्रिय पूर्ण रावल, एम पी पाण्डे, रावल कृष्ण,भरत रोदनजस्ता परिचित नामहरू पनि सुदूरपश्चिमाञ्चल साहित्य समाजले गर्दै आएको कुनै पनि महोत्सवमा देखा परेका छैन ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजले गरेको महोत्सवको चौतर्फी विरोध भएपछि सन्तोष विष्टले लेखेका छन् ।

सुदूरपश्चिम साहित्य समाजले आयोजना गर्ने सबैजसो कार्यक्रममा अछाम जिल्लालाई उपेक्षामा राख्ने गरिएको भन्दै सर्जक तथा पाठकले साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डे,कार्यक्रम संयोजक यज्ञराज उपाध्यायको आलोचना गर्दै आएका छन् ।

सुदूरपश्चिम साहित्य समाजले सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बर्षेनी कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । प्रदेश सरकारको लाखौँ रकमबाट कार्यक्रम आयोजना हुने भए पनि अछाम जिल्लाका सर्जक तथा स्रष्टालाई छायामा राख्ने गरिएको छ ।


क्याटेगोरी : कला-साहित्य, पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode