Techie IT
  • १२ मंसीर २०८०, मंगलबार
  • काठमाडौं
Paschim Raibar

विश्व क्षयरोग दिवस

क्षयरोगका लक्षण देखिने बित्तिकै स्वास्थ्य परीक्षण गराउन डा. वास्कोटाको आग्रह (कुराकानी सहित)


जिल्ला अस्पताल अछाममा कार्यरत एम.डी.जी.पी डा. सोनाली बास्कोटाले क्षय रोगका लक्षण देखिनासाथ तुरुन्त स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराउन आग्रह गरेकी छन् ।

समयमै रोग पत्ता लागेमा चाडै पूर्ण रुपमा सन्चो पार्न सकिने भएकाले लक्षण देखिने बित्तिकै स्वास्थ्य परीक्षण गराउन उनले आग्रह गरेकी हुन् ।

निरन्तर खोकी लाग्ने , बेलुकी पख ज्वरो आउने , ज्वरो आउँदा पसिना आउने , खकारमा रगत देखिने , भोक नलाग्ने जस्ता लक्षणहरू देखा परेमा क्षयरोग लागेको हुनसक्ने उनले उल्लेख गरेकी छन् ।

क्षयरोग श्वासप्रश्वासका माध्यमबाट सर्ने सरुवा रोग भएकाले यसबाट बच्न निकै सजगता अपनाउनुपर्नेमा उनले जोड दिएकी छन् ।

क्षयरोगबाट सङ्क्रमित व्यक्तिलाई सुरक्षित तरिकाले छुट्टै ठाउँमा राख्नुपर्ने र नजिक जाँदा मास्क ग्लोब्स लगायतका सुरक्षाका सामाग्रीहरूको प्रयोग गरेर मात्रै नजिक जानुपर्ने उनले उल्लेख गरेकी छन् ।

यसैबिच आज हामीले विश्व क्षय रोग दिवसको अवसर पारी जिल्ला अस्पताल अछाममा कार्यरत एम.डी.जी.पी डा. सोनाली बास्कोटासंग क्षयरोग लाग्नुका कारण र बच्ने उपायका बारेमा कुराकानी गरेका छौँ ।

कुराकानी डा. सोनाली .


क्याटेगोरी : समाचार, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!