Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीका २ विद्यार्थी निःशुल्क एमबिबिएस अध्ययनका लागी छनोट


बान्नीगढी जयगढ गाउँपालिकाका २ जना विद्यार्थी पूर्ण छात्र वृत्तिमा एमबिबिएस अध्ययन गर्न पाउने भएका छन् ।

पूर्ण छात्रवृत्ति कोटामा एमबिबिएस अध्ययनका लागी एकीकृत प्रवेश परीक्षामा नाम निकाल्न सफल भएसँगै बान्नीगढीका २ जना विद्यार्थी पूर्ण छात्र वृत्तिमा एमबिबिएस अध्ययन गर्न पाउने भएका हुन् ।

पूर्ण छात्रवृत्ति कोटामा एमबिबिएस अध्ययनका नाम निकाल्न सफल हुनेमा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीका छात्र सन्देश साउँद र छात्रा मञ्जु जोशी रहेका छन् । छात्रा मञ्जु जोशीले सरस्वती माद्यामिक विद्यालय जयगढबाट एसइई परीक्षा उत्तीर्ण गरेकी थिइन् ।

आफ्नो विद्यालयबाट एसइई परीक्षा उत्तीर्ण गरेकी छात्रा जोशीले निःशुल्क एमबिबिएस कोटामा नाम निकाल्न सफल भएकोमा खुसी व्यक्त गर्दै सरस्वती माद्यामिक विद्यालयले एक विज्ञप्ति मार्फत बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना गरेको छ ।

छात्र सन्देश साउँदले जयगढमा रहेको बर्दादेवी इङ्ग्लिस मेडियम बोर्डिङ स्कुलबाट कक्षा ६ सम्म,सैनिक आवासीय महाविद्यालय तेघरीबाट एसइई र हाल सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरबाट कक्षा १२ उत्तीर्ण गरेका थिए ।

उनी सैनिक आवासीय महाविद्यालय तेघरीबाट एसइईमा र सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरबाट सबै भन्दा बढी अङ्क ल्याई कक्षा १२ उत्तीर्ण भएका थिए ।

नेपाल सरकार चिकित्सा शिक्षा आयोगले लिएको एम.बि.बि.एस कार्यक्रमको छात्रवृत्ति कोटामा छात्र सन्देश साउँदले खुला तर्फ १ सय ७७ औँ स्थानमा नाम निकालेका हुन् भने छात्रा मञ्जुले महिला कोटामा नाम निकाल्न सफल भएकी हुन् ।

छात्र सन्देश साउँद बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदका छोरा हुन भने छात्रा मञ्जु जोशी सरस्वती माद्यामिक विद्यालयका शिक्षिका ममता जोशीकी छोरी हुन् ।


क्याटेगोरी : शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode