Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

रामारोशनमा एम्बुलेन्स खरिद : अन्य बाचा क्रमशः पुरा गर्ने अध्यक्ष साउँदको प्रतिबद्धता (कुराकानी सहित)


रामारोशन गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आउने भएको छ ।

सर्वसाधारणका लागी गाउँपालिकाले एम्बुलेन्स खरिद गरेसँगै एम्बुलेन्स सञ्चालनमा आउने भएको हो ।

सर्वसाधारणको सहजताका लागी खरिद गरेको एम्बुलेन्स आईतवारसम्म गाउँपालिका आइपुग्ने गाउँपालिका अध्यक्ष मान बहादुर साउँदले बताएका छन् । चुनावको प्रतिबद्धता अनुसार नै एम्बुलेन्स खरिद गरिएको उनको भनाई छ ।

केहि सातामै एम्बुलेन्स सञ्चालनमा आउने बताउँदै गाउँपालिका अध्यक्ष साउँदले सर्वसाधारणको स्वास्थ्य उपचारका लागी एम्बुलेन्स सेवा प्रभावकारी बन्ने अपेक्षा गरेका छन् ।

एम्बुलेन्ससँगै अन्य चुनावका प्रतिबद्धताहरू क्रमशः पुरा गर्दै जाने उनले प्रतिबद्धता जनाएका छन् ।

यसै बिच एम्बुलेन्स सेवा सञ्चालनका बिषयमा आज हामीले रामारोशन गाउँपालिकाका अध्यक्ष मान बहादुर साउँदसंग कुराकानी गरेका छौँ ।

कुराकानी : मान बहादुर साउँद


क्याटेगोरी : समाचार, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode