Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीमा सामुदायिक विद्यालय र बिभिन्न योजनाको अनुगमन


बान्नीगढी जयगढ गाउँपालिकामा रहेका सामुदायिक विद्यालय र बिभिन्न योजनाको अनुगमन गरिएको छ ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको नेतृत्वमा पालिकाका सामुदायिक विद्यालय र पालिका स्तरका योजनाको अनुगमन गरिएको हो ।

शुक्रवार वडा नम्बर ३ धारासैनमा रहेको जनज्योति आधारभूत विद्यालय,अलकनन्दा माद्यामिक बिद्यालयको वार्षिक परीक्षाका साथै विद्यालयमा सञ्चालित बिभिन्न योजनाका अनुगमन गरिएको छ ।

सामुदायिक बिद्यालयको भौतिक पूर्वाधार,शिक्षक विद्यार्थी अनुपात लगायतबारे आवश्यक जानकारी लिई आगामी आर्थिक बर्ष २०८०।८१ को वार्षिक बजेटमा आवश्यक बजेट विनियोजन गर्ने उद्देश्यले बिद्यालयको अनुगमन गरिएको गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा आवश्यकता र प्राथमिकतालाई समेट्नका लागी अनुगमनले प्रभावकारी भूमिका खेल्ने अध्यक्ष साउँदले अपेक्षा गरेका छन् ।

अनुगमनका क्रममा जनज्योति आधारभूत विद्यालयमा निर्माण भईरहेको सार्वजनिक शौचालयको अवस्था सन्तोषजनक रहेको पाइएको गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले बताएकी छन् । अनुगमन समितिको सुझाव अनुसार शौचालयमा सेनेटरी प्याड डिस्पोजलको समेत व्यवस्थापन गरिएकोमा उपाध्यक्ष रावलले खुसी व्यक्त गरेकी छन् ।

यस्तै धारासैनमा निर्माण भईरहेको बाह्र धम्कोट देवताको मन्दिर निर्माणको कार्य समेत सन्तोषजनक रहेको अनुगमन समितिले औँल्याएको छ ।

अनुगमनमा वडा अध्यक्ष नेत्र साउँद,शिक्षा शाखा प्रमुख वसन्त जोशी,रेडियो बान्नीगढीका कार्यकारी निर्देशक धनराज साउँद लगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode