Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

एमालेको मिसन ग्रास रुटको समीक्षा बैठक बान्नीगढीमा सम्पन्न


नेकपा एमालेको मिसन ग्रास रुट अभियानको पालिका स्तरीय समीक्षा बैठक जयगढमा सम्पन्न भएको छ ।

मिसन ग्रास रुट अभियान अन्तर्गत बान्नीगढी जयगढ गाउँपालिकाका ६ वटै वडामा संचालन भएको अभियानको समीक्षा गरिएको हो ।

नेकपा एमाले बान्नीगढी जयगढ गाउँ संगठन कमिटीका अध्यक्ष हर्क बहादुर साउँदको अध्यक्षतामा भएको समीक्षा बैठकमा नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य केशर बहादुर साउँद प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सचिवालय सदस्य साउँदले ग्रास रुट अभियानका क्रममा एमाले पार्टीप्रति आम नागरिकको आकर्षण र भरोसा रहेको पाइएको दाबी गरेका छन् । पद र सत्ताका लागी गरिएको वर्तमान सत्ता गठबन्धन लामो समय नटिक्ने बताउँदै उनले देशको समृद्धिका लागी एमाले नेतृत्वको सरकार आवश्यक हुनेमा जोड दिएका छन् ।

अभियानका क्रममा आम नागरिकबाट आएका सुझाव तथा माग आधारभूत आवश्यकता,समस्या र चुनौतीबारे केन्द्रमा आवश्यक रिपोर्टिङ गरिने र जनताको हक हितका लागी नेकपा एमालेले आवश्यक निति तथा कार्यक्रम संचालन गर्ने समेत उनको भनाई छ ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य आदर्श साउँद,जिल्ला कमिटी सचिवालय सदस्य मान बहादुर गिरि,बिन्दु रावल,चक्र बहादुर रावल,राधिका भुजेल,नृप बि.क,रमेश बुढामगर,मान सिंह रोकाया प्रेस चौतारीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धनराज साउँद लगायतका अतिथि रहेका थिए ।

कार्यक्रममा पार्टीको वडाको अवस्था र चुनौतीका बिषयमा वडा कमिटी अध्यक्षहरूले प्रतिवेदन प्रस्तुत गरेका थिए । पार्टीका गाउँ संगठन कमिटी उपाध्यक्ष गणेश साउँदले स्वागत गरेको कार्यक्रमको संचालन सचिव लोक बहादुर ठकुल्लाले गरेका थिए ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode