Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिमकै पहिलो महिला बनिन सीडिओ


गृह मन्त्रालयल दार्चुलाको नयाँ सीडिओमा किरण जोशीलाई पठाएको छ। गृह मन्त्रालयले हिजो बिहीबार गरेको निर्णयअनुसार जोशीलाई शुक्रबार दार्चुलामा सरुवा गरेर पठाएको हो ।

जोशी सुदूरपश्चिमकै पहिलो महिला सीडिओ समेत बनेकि छिन । जोशी सुदूरपश्चिमबाट खुला प्रतिस्पर्धाबाट उपसचिव पदमा नाम निकाल्ने पहिलो महिला हुन्।

बैतडीमा जन्मीएकी जोशीले यसअघि डोटीको सहायक सीडिओ भएर गृह प्रशासनको जिम्मेवारी निर्वाह गरिसकेकि छिन्।

जोशीले जनप्रशासन विषयमा स्नातकोत्तर र कानुनमा स्नातक गरेकि छन्। जोशीले लोकसेवासम्बन्धी पुस्तकसमेत लेखेकि छन्।

हालसम्म खरिदार,उपसचिव र सहसचिव स्तरको लोकसेवा तयारीका पुस्तक लेखेको उनले बताईन्।

निजामति सेवामै रहेका उनका श्रीमान सिद्धराज जोशीसँगको सहकार्यमा पुस्तक लेखेको जोशीले बताईन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode