Techie IT
  • १ पुस २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिमकै पहिलो महिला बनिन सीडिओ


सुदूरपश्चिमकै पहिलो महिला बनिन सीडिओ

गृह मन्त्रालयल दार्चुलाको नयाँ सीडिओमा किरण जोशीलाई पठाएको छ। गृह मन्त्रालयले हिजो बिहीबार गरेको निर्णयअनुसार जोशीलाई शुक्रबार दार्चुलामा सरुवा गरेर पठाएको हो ।

जोशी सुदूरपश्चिमकै पहिलो महिला सीडिओ समेत बनेकि छिन । जोशी सुदूपश्चिमबाट खुला प्रतिस्पर्धाबाट उपसचिव पदमा नाम निकाल्ने पहिलो महिला हुन्।

बैतडीमा जन्मीएकी जोशीले यसअघि डोटीको सहायक सीडिओ भएर गृह प्रशासनको जिम्मेवारी निर्वाह गरिसकेकि छिन्।

जोशीले जनप्रशासन विषयमा स्नातकोत्तर र कानुनमा स्नातक गरेकि छन्। जोशीले लोकसेवासम्बन्धी पुस्तकसमेत लेखेकि छन्।

हालसम्म खरिदार,उपसचिव र सहसचिव स्तरको लोकसेवा तयारीका पुस्तक लेखेको उनले बताईन्।

निजामति सेवामै रहेका उनका श्रीमान सिद्धराज जोशीसँगको सहकार्यमा पुस्तक लेखेको जोशीले बताईन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode