पछिल्लो दश वर्षमा अछाम जिल्लाको जनसंख्या साढे २८ हजार भन्दा बढीले घट्यो
पछिल्लो दश वर्षमा अछाम जिल्लाको जनसंख्या साढे २८ हजारभन्दा बढीले घटेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार पछिल्लो दश वर्षमा अछाम जिल्लाको जनसंख्या २८ हजार ६ सय २५ ले घटेको हो ।
अछाममा २०६८ सालको जनगणना अनुसार दुई लाख ५७ हजार ४७७ जनसंख्या रहेकोमा दश वर्षको अवधिमा अर्थात् २०७८ सालसम्म २८ हजार छ सय २५ ले कमी आएर दुई लाख २८ हजार आठ सय ५२ मा झरेको छ ।
अछाम जिल्लामा जनसंख्या वृद्धिदर एक दशमलव १३ प्रतिशत रहेको छ । यो जनसंख्या वृद्धिदर सुदुरपश्चिममै सबैभन्दा बढी ऋणात्मक हो ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया