Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

नेपाली रेडियोको इतिहासमा, बिर्सिन नसकिने आवाजको नाम, कृष्णा ताम्राकार : ओली


एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

सामाजिक सञ्जालमार्फत् ताम्राकारप्रति श्रद्धाञ्जली दिँदै उहाँले शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ ।

उहाँले लेख्नु भएको छ : ‘नेपाली रेडियोको इतिहासमा, बिर्सिन नसकिने आवाजको नाम, कृष्णा ताम्राकार । उहाँलाई केही दिनअघि सम्मान गर्ने अवसर जुरेको थियो ।

उहाँको निधनको खबरले अत्यन्त दुःखी छु, हार्दिक श्रद्धाञ्जली, कृष्णा ताम्राकार । शोकाकुल परिवारजनमा गहिरो समवेदना ।’

रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवम् समाचार वाचिका, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको गएराति ८६ वर्षको उमेरमा निधन भएको हो । उपचारका क्रममा उहाँको निधन भएको परिवारका सदस्यले बताएका छन् ।

२०१८ सालमा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवन लगायत कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

रेडियो पत्रकारितामा वरिष्ठ रेडियोकर्मी ताम्राकारको योगदान अतुलनीय छ । ताम्राकार केही समयअघि उज्यालोले प्रसारण गर्ने कोरोना क्याप्सुलको प्रस्तोता समेत हुनुहुन्थ्यो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode