Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

स्थायी बन्ध्याकरणले मानिस कमजोर हुन्छ भन्नु भ्रम मात्र हो : जनस्वास्थ्य अधिकृत ढुंगाना  ( कुराकानी सहित )


स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले स्थायी बन्ध्याकरणका कारण मानिस कमजोर हुन्छ भन्ने कुरा भ्रम मात्रै रहेको वताएका छन ।

कतिपय पुरुष र महिलामा बन्ध्याकरण गर्दा स्वास्थ्य समस्या देखा पर्छ भन्ने बुझाई रहेको भए पनि यो भ्रम मात्र रहेको उनले बताएका हुन् । बन्ध्याकरणका बिभिन्न बिधि भ्यासेक्टोमी वा मिनील्याव कुनैले पनि दैनिक जीवनमा कुनै पनी खालको असर नपर्ने तर केही दिन सामान्य सावधानी भने अपनाउनु पर्ने उनको भनाई छ ।

सन्तानको रहर पुरा भएका पुरुषको स्थायी बन्ध्याकरण सिंगो परिवारका लागि फाइदाजनक हुने भएकाले यस तर्फ सवै जागरुक हुनुपर्नेमा उनले जोड दिएका छन् । परिवार योजनाका लागि परिवार नियोजनका साधनको प्रयोग गर्न जरुरी रहेकाले स्वास्थ्य संस्थाबाट निशुल्क रुपमा प्रदान हुने साधनको उचित रुपमा प्रयोग गर्न उनले आग्रह गरेका छन् ।

छोटो समयको परिवार नियोजनको साधन लामो समय सम्म प्रयोग गरिरहन नहुने भएकाले स्थायी बन्ध्याकरणगर्न महत्वपुर्ण हुने उनको बुभाई छ । अछाम लगायत पहाडी जिल्लामा बिहे गर्ने, बच्चा जन्माउने र जन्मान्तरबारे योजना नै नबनाउने गरेका कारण दिर्घकालिन रुपमा समस्या भोग्नुपर्ने अवस्था रहेको छ ।

यसै बिच आज हामीले स्थायी बन्ध्याकरण सेवाका बिषयमा स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानासंग कुराकानी गरेका छौँ ।

सुनौ यो कुराकानी ….


क्याटेगोरी : स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode