Techie IT
  • २३ मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

नेकपा एमालेकोे मिसन ग्रासरुट अभियान घुघुरकोटमा सम्पन्न


नेकपा एमालेकोे मिसन ग्रासरुट अभियान घुघुरकोटमा सम्पन्न

नेकपा एमालेकोे मिसन ग्रासरुट वडास्तरिय अभिमूखिकरण कार्यक्रम साँफेबगर नगरपालिका वडा नम्वर १० घुघुरकोटमा सम्पन्न भएको छ ।

वडा कमिटी अध्यक्ष गोपाल बहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको अभिमूखिकरण कार्यक्रमका प्रमुख अतिथि नेकपा ाले सुदुरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा अनेरास्ववियु निर्वतमान केन्द्रिय उपाध्यक्ष डिवी साउँद रहेका थिए ।

प्रमुख अतिथि साउँदले संगठन विस्तार तथा सुदृढीकरण गर्न नेकपा एमालेमा आस्थावान सबै कार्यकर्ता .एकजुट हुन जरुरी रहेको बताएका छन् ।

संगठन विस्तार तथा सुदृढीकरण गरी पार्टीलाई अवको चुनावमा पहिलो पार्टी बनाउन .मिसन ग्रासरुट अभियानलाई सफल पार्न समेत उनले सबैमा आग्रह गरेका ुन् ।

यस्तै प्रमुख अतिथि साउँदले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीति वेईमानी गरेको, देशमा अस्थीरता निम्याएको भन्दै प्रचण्डको नेतृत्वको सरकारले देशमा विकास र सम्वृद्धि गर्न नसक्ने भएकाले अब सच्चा कम्यूनिष्ट्को नेतृत्व एमालेले गर्ने समेत बताएका छन् ।

उनले जनताको रोजाईको पार्टी नेकपा एमाले भएकाले पनि कार्यकर्ता एकजूट भएर अघि ढ्नप्ने कुरामा जोड दिएका छन् ।

अभिमूखिकरण कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य शंकर भुल, कमल साउँद, वडा अध्यक्ष ललित बोगटी, अनेरास्ववियु जिल्ला कमिटी सचिव भीम बडाहित लगाएतको.सहभागिता रहेको थियो । सुरत बोगटीको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको संंचालन कालु बिकले गरेका थिए ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode