Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

विश्व जल दिवस

नुहाउँदा र भाँडाकुँडा धुँदा पनि स्वच्छ पानीको प्रयोग गर्नुपर्छ : डा. मन्दिप पाठक (कुराकानी सहित)


बयालपाटा अस्पतालका मेडिकल सर्जिकल निर्देशक डा. मन्दिप पाठकले नुहाउँदा र भाँडाकुँडा धुँदा पनि स्वच्छ पानीको प्रयोग गर्नुपर्ने बताएका छन् ।

पिउने पानी मात्र स्वच्छ नभई नुहाउने र भाँडाकुँडी धुन प्रयोग गरिने पानी पनि स्वच्छ हुनुपर्ने उनले बताएका हुन् । 

दूषित पानीले नुहाएमा छाला सम्बन्धीका धेरै रोगहरू लाग्ने खतरा हुने कुरा उनले उल्लेख गरेका हुन् । नुहाउन र भाँडाकुँडा धुन जस्तो पानी भए पनि हुन्छ भन्ने मान्यता भएमा त्यो मान्यता मानसपटलबाट हटाइदिन उनले आग्रह गरेका छन् । 

डा. पाठकले हरेक दिन पर्याप्त पानी पिएमा धेरै रोगहरूबाट बच्न सकिने बताएका छन् । पिउने पानी स्वच्छ र सुरक्षित भएमा ८० प्रतिशत रोग नलाग्ने उनले उल्लेख गरेका छन् । 

मानिसले हरेक दिन पर्याप्त मात्रामा स्वच्छ पानी पिएमा आउँ , हैजा , झाडापखाला , हेपाटाइटिस , कालाजार , मुटु तथा मृगौला सम्बन्धी लाग्ने रोगहरुबाट बच्न सकिने बताएका छन् । 
पसिना बग्ने गरेर काम गर्दा , कसरत गर्दा तथा घाममा धेरै बस्दा पिउने पानिको मात्रा बढाउनुपर्ने बताएका छन् । एउटा स्वस्थ मानिसले दिनमा कम्तीमा पनि तिन लिटर पानी अनिवार्य पिउनै पर्ने पाठकले बताएका छन् ।

यसैबिच आज हामीले विश्व जल दिवसको अवसर पारी बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा. मन्दिप  पाठकसँग मानव जीवनमा पानिको महत्व तथा दूषित पानी पिउँदा मानव शरीरमा उत्पन्न हुने समस्याका बारेमा कुराकानी गरेका छौँ । 

कुराकानी : डा. मन्दिप पाठक


क्याटेगोरी : समाचार, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode