Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

पञ्चदेवल विनायक नगरपालिका

नगर प्रमुख चलाउनेद्वारा विद्यालय तथा योजना अनुगमनमा तीव्रता (कुराकानी सहित)

खस्किँदो शैक्षिक अवस्थाप्रति चिन्ता व्यक्त


अछामको पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेले सामुदायिक विद्यालयहरुको अनुगमन लाई तीव्रता दिएकी छन् ।

विद्यालयको शैक्षिक अवस्था विद्यार्थी संख्या, विद्यार्थी संख्याको तुलनामा दरबन्दी संख्याको अवस्था, सिकाई उपलब्धि,र भौतिक अवस्थालाई सुधारात्मक अवस्थामा अगाडि बढाउन उनले अनुगमनलाई तीव्र पारेकी हुन् ।

अनुगमनका क्रममा नगर प्रमुख चलाउनेले विद्यालय संस्थागत रुपमा सञ्चालन नभएको पाइएको बताएकी छन् ।

नगरपालिको सामुदायिक विद्यालय सघन अनुगमन कार्यक्रम अनुसार नगरपालिका स्थित विद्यालयहरूको अनुगमन भइरहेको छ ।

अनुगमनका क्रममा विद्यालयको संस्थागत सुधारको लागि विद्यालयहरूले सुधार गर्नु पर्ने, सरोकारवाला निकायहरूको उपस्थिति पनि न्यून रहेको र विद्यालयमा उपलब्ध स्रोत साधनको प्रयोग नभएकोसगैँ अभिलेख पनि नराख्ने गरेको भेटिएको नगर प्रमुख चलाउनेले बताइन् ।

नगरपालिका भित्र रहेका अधिकांश विद्यालयको अवस्था दयनीय रहेको देखिएकोप्रति उनले चिन्ता व्यक्त गरेकी छन् ।अनुगमन कार्यलाई निरन्तरता दिने बताउँदै चलाउनेले अनुगमनले बिद्यालयको संस्थागत सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेकी छन् ।

नगरप्रमुख चलाउनेले विद्यालय अनुगमनसँगै नगरमा सञ्चालित बिभिन्न योजनाको अनुगमनमा समेत जोड दिएकी छन् ।

कुराकानी : अम्बिका चलाउने


क्याटेगोरी : पश्चिम खोज, शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode