Techie IT
  • १४ मंसीर २०८०, बिहीबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिममा पुनः कोरोना संक्रमण देखिन थाल्यो


सुदूरपश्चिम प्रदेशमा पुनः कोरोना भाइरसको संक्रमण देखिन थालेको छ।

बुधवार गरेको स्वाथ्य परिक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा ७ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ। पछिल्लो २४ घण्टामा तीन सय ४१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएको थियो। कोरोनाको संक्रमण दर केही बढे पनि रोगले हुनेको मृत्यु दर भने शून्य छ।

कोरोना भाइरसको समस्या देखिएयता हालसम्म सुदूरपश्चिममा छ लाख ४१ हजार आठसय ४४ को नमुना परीक्षण भइसकेको छ। यीमध्ये ६१ हजार नौँ सय चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!