Techie IT
  • २८ मंसीर २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

वैदेशिक क्षेत्रका श्रमिक आजदेखि सामाजिक सुरक्षा कोषमा समेटिँदै


वैदेशिक क्षेत्रका श्रमिक आजदेखि सामाजिक सुरक्षा कोषमा समेटिँदै

वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिने भएका छन् ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाईसमेत सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा िस्तार गर्ने कामको आजदेखि सुरुवात गर्न लागिएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो ।

योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका झण्डै २२ लाख नेपाली श्रमिक लाभान्वित हुने अनुमान छ ।

आजदेखि नयाँ श्रम स्वीकृति लिनेलाई कोषमा सूचीकृत हुने व्यवस्था अनिवार्य गरिएको छ । श्रम स्वीकृति लिनेले कोषमा एक महिनाको योगदान रकम जम्मा गर्नुपर्नेछ ।

विदेशमा रहेका श्रमिकले कोषको वेवसाइटाट सीकरण गरी योगदान रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको उहाँले बताउनुभयो ।

वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका श्रमिकले कम्तीमा आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात न्यूनतम महिनाको दुई हजार रुपैयाँ कोषमा योगदान गर्न सक्नेछन् ।

सरकारले श्रमिकको आधारभूत पारिश्रमिक महिनाको नौ हजार ३ सय ८५ र महँगी भत्ता महिनाको पाँच हजार ६ सय १५ गरी मासिक न्यूनतम पारिश्रमिक १५ हजार तोकेको छ ।

कोषमा योगदान गर्ने वैदेशिक क्षेत्रमा रहेका श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र अवकाश एवम् वृद्धावस्था सुरक्षा योजनाबाट विभिन्न सुविधा प्राप्त गर्नेछन् ।

 


क्याटेगोरी : राष्ट्रिय, शिक्षा, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode