Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस

सार्वजनिक पद र अवसरका क्रममा जातीय विभेद कायम छ : अधिकारीकर्मी जनाला (कुराकानी सहित)


आज ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।

संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गरौँ,जातीय छुवाछुत तथा भेदभावका विरुद्ध प्रतिरोध गरौँ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा पनि बिभिन्न कार्यक्रम गरिएका छन् ।

दलित अगुवा भीम जनालाले विगतको तुलनामा अछाममा क्रमिक रुपमा जातीय विभेद घटना कम हुँदै गएको बताएका छन् ।

पछिल्लो समय अछाममा जातीय विभेद न्यूनीकरण हुँदै गएको उनले बताएका हुन् । जनालाले अहिले प्रत्यक्ष रुपमा सार्वजनिक वा निजी क्षेत्रहरूमा हुने जातीय विभेदमा कमी आए पनि सामाजिक रूपान्तरणका विषय तथा सार्वजनिक पद तथा अवशरमा भने घुमाउरो तरिकाले जातीय विभेद हुने गरेको दाबी गरेका छन् । 

जातीय विभेद नितान्त सामाजिक रूपान्तरणको विषय भएकाले यसको पूर्ण रुपमा न्यूनीकरणका लागि दलित समुदाय लागेर मात्र नहुने उनको भनाई छ ।

जातीय विभेदका घटना न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार भएर लागे मात्र पूर्ण रुपमा विभेदका घटना न्यूनीकरण हुनेमा उनले जोड दिएका छन् । 

कुराकानी : भीम जनाला

गाँज्रामा ५८ औँ जातीय विभेद उन्मुलन दिवस मनाइयो
बान्निगढी जयगढ गाउँपालिका वडा नं १ गाँज्रामा पनि ५८ औँ जातीय विभेद उन्मुलन दिवस मनाइएको छ ।

गाँज्रा दलित प्रगतिशील सञ्जालको आयोजनामा आज एक कार्यक्रम गरि दिवस मनाइएको हो ।

संजालका अध्यक्ष पार्वती सुनारको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १ का वडाध्यक्ष गजेन्द्र बहादुर खड्का,कार्यपालिका सदस्य पशुपति सुनार,नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य शिव बहादुर तिरुवा, समाजसेवी हिक्मत बहादुर खड्का , मीन बहादुर भुल लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमका सहभागीहरूले जातीय विभेद उन्मुलन गर्न सबै सक्रिय भएर लाग्नु पर्ने बताएका थिए ।

संबिधानमा उन्मुलन भैसकेको जातीय विभेद गाउँ बस्तीमा भने अझै उन्मुलन भै नसकेकाले त्यसलाई उन्मुलन गर्न सबै सरोकारवाला सक्रिय भएर लाग्नुपर्ने कुरामा सहभागीहरूले जोड दिएका थिय । संजालका सचिव बजिर सार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन नवीन तिरुवाले गरेका थिए ।


क्याटेगोरी : Podcast, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode