Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

पत्रकारबारे दिएकाे अभिव्यक्ति सभामुखद्वारा फिर्ता


नेपाल पत्रकार महासङ्घले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको ‘विवादास्पद’ अभिव्यक्ति फिर्ता लिनुभएको जनाएको छ ।

सोमवार दिउँसाे नेपाल पत्रकार महासङ्घका पदाधिकारीहरूलाई सिंहदरबारमा रहेकाे आफ्नै कार्यकक्षमा बोलाई सभामुख घिमिरेले आफूले दिएको अभिव्यक्ति फिर्ता लिएको बताउनुभएको हो ।

गएकाे चैत ३ गते नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुखले ‘पत्रकारहरू बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि उहाँ विवादमा पर्नुभएको थियो । पत्रकारबारे दिएको आफ्नो अभिव्यक्ति सभामुख घिमिरेले आफूहरुसँगको भेटमा सच्याउनुभएको महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पत्रकारलाई लिएर दुर्घटनावश गरिएको टिप्पणीलाई संसद् सचिवालय, सभामुखको तर्फबाट सच्याइएकाे छ । सभामुखले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति संसद् र आफू पूर्ण प्रतिबद्ध भएको जानकारी गराउनुभएको छ । सभामुखज्यू र नेपाल पत्रकार महासङ्घको बीचमा यही छलफल भयो । यो विषयलाई यही टुङ्ग्याउने निर्णय पनि गरेका छौँ ।’


क्याटेगोरी : राजनीति, राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode