Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

आज विश्व कविता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदै


आज विश्व कविता दिवस कार्यक्रम मनाइँदै छ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान लगायत साहित्यसँग सम्बन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रम गर्दै छन् ।

सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्को ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।

नेपालमा सन् २००२ देखि कविता दिवस मनाउन थालिएको हो । कविताले मानिसको वाक स्वतन्त्रतालाई बल पुर्याउने भएकाले समृद्ध समाजका लागि निकै महत्त्वपूर्ण रहेको युनेस्कोले जनाएको छ ।

कविता जुन भाषामा लेखिएको भए पनि यसले मानवीय संवेदना, साझा प्रश्न, साझा भावनालाई समेट्ने बुझाइ छ ।


क्याटेगोरी : शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode