Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ जना घाइते


कैलालीको जोशीपुर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २८ जना घाइते भएका छन् ।

सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो । बर्दगोरिया गाउँपालिका–६ सुगरखालमा आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार अनियन्त्रित भएर ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार दुई जनाको मृत्यु भएको र २८ जना घाइते भएका हुन् ।

मृत्यु हुनेमा भजनी–९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका छन् । उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइतेहरूको घोडाघोडी अस्पताल सुखडमा र वर्दगोरीया अस्पतालमा उपचाररत भइरहेको छ ।

सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको थियो । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने फरार रहेका ट्याक्टर चालकको खोजी गरिरहेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode