Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अन्तर्राष्ट्रिय खुसी दिवस

सामाजिक संजालको बढ्दो प्रयोगले मानिसहरूको आन्तरिक खुसी घट्दै छ : डा. स्वार (कुराकानी सहित)


बयालपाटा अस्पतालका मनोचिकित्सक डा.शिखर स्वारले सामाजिक संजालको बढ्दो प्रयोगले मानिसहरूको आन्तरिक खुसी घट्दै गएको बताएका छन् ।

सामाजिक संजालको असीमित प्रयोगले मानिसहरूको आन्तरिक खुसी दिनप्रतिदिन घट्दै गएको उनले बताएका हुन् ।

सामाजिक संजालमा प्राय मान्छेहरूले आफ्नो सफलता र देखावटी खुसी बढी दर्साउने भएकाले हेर्ने मान्छेहरू आफू असफल भएको महसुस गर्ने र दुखी हुने गरेको पाइएको उनले उल्लेख गरेका छन् ।

उनले भने “ हामी धेरैजसो आफूलाई अरू मानिससँग आफ्नो तुलना गर्ने गर्छौँ यस्तो बानीले पनि हामीलाई दुखी बनाउँछ । धेरैजसो मानिसहरू सामाजिक सञ्जालमा अरू मानिसलाई देखेर मानिसको जीवनशैली र उनीहरूको तस्बिरहरू देखेर इर्ष्या गरिरहेका हुन्छन् अन्ततः यसले आफैलाई दुखित तुल्याइरहेको हुन्छ । सामाजिक सञ्जालमा अरूले प्रयोग गरेका सामानहरू देखेपछि धेरैको मनमा आफ्नो साथमा अपर्याप्त चिजहरू रहेको महसुस हुन्छ र उनीहरूलाई धेरै चीजको आवश्यकता छ भन्ने हुन्छ । सामाजिक सञ्जालमा अरूको जीवनलाई देख्दा उठ्ने भावनाले स्वयम आफ्नो खुसीहरूलाई प्रभावित गर्छ ”

मान्छे जति व्यस्त भयो त्यति खुसी हुनसक्ने डा.स्वारको भनाई छ । जब मान्छे आफ्नै काममा व्यस्त रहन्छ तब उसले धेरै बाहिरी कुरा सोच्ने र दुखी हुनै समय नै नपाउने भएकाले उ हर बखत खुसी भइराख्ने डा. स्वारले बताएका छन् ।

यसैबिच आज हामीले अन्तर्राष्ट्रिय खुसी दिवसको अवसर पारी बयालपाटा अस्पतालमा कार्यरत मनोचिकित्सक डा. शिखर स्वारसंग मानिस खुसी हुन के गर्नुपर्छ भन्ने विषयमा कुराकानी गरेका छौँ ।

कुराकानी : डा. शिखर स्वार


क्याटेगोरी : समाचार, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode