Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

ओलीजीले अझै एक पटक प्रधानमन्त्रीको ऋण तिर्न बाँकी छ : प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वैशाखसम्म सरकारबाट हटिसक्ने दाबी गरेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीले वैशाखसम्ममा आफू नेकपा एमालेसँगै राष्ट्रपतिको बायापट्टी लबीमा आइपुग्ने दाबी गरेको उल्लेख गर्दै त्यसको निर्णयको जिम्मा सांसदहरूलाई छोडेको बताउनुभयो ।

उहाँले ओलीको भनाइलाई पुष्टि गर्ने वा नगर्ने भन्ने निर्णय सांसदहरूमा छोडेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यति बेला उहाँले तपाईँ वैशाखभन्दा उता जानुहुन्न भन्नुभएको छ ।

उहाँले भनेका वैशाखमा राष्ट्रपतिको बायाँपट्टि लबीमा तपाईँ र म एकै ठाउँमा हुन्छौँ भन्नुभएको छ । उहाँको भनाइलाई पुष्टि गर्ने कि नगर्ने भन्ने हामीहरू सबैको हातमा छ ।’

प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई आफूले दुई पटक प्रधानमन्त्री बनाएकाले अझै एक पटक ओलीले आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले अझै एक प्रधानमन्त्री बनाएको ऋण तिर्न बाँकी रहेकाले त्यसको हिसाब राख्न ओलीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘ओलीजीलाई मैले आभार व्यक्त गरेको छु, तपाईँले मलाई प्रधानमन्त्री बनाउनुभयो भनेर ।

मैले तपाईँलाई दुई पटक प्रधानमन्त्री बनाएको थिएँ, तपाईँले मलाई ब्याज तिर्नुपर्ने थियो, ऋण तिर्नुपर्ने थियो । अझै एक पटक बाँकी छ । हिसाब राख्नुहोला ।’

प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाइदिनुस् भनेर बालकोट नगएको बरु एमालेले बारम्बार बोलाएपछि बालकोट पुगेको स्पष्ट पार्नुभयो । उहाँले एजेन्डा नमिलेका कारण एमालेसँगको सहकार्य टुटाउनुपरेको बताउनुभयो ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode