Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बर्दियामा बाघको आक्रमणबाट २ जनाको ज्यान गयो


बर्दियाको मधुवन नगरपालिकामा पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएको छ ।

बर्दिया मधुवन नगरपालिका ५ को चिरौति सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बाघको आक्रमणबाट मधुवन ५ की ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक डीएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिनुभयो ।

नेपाल–भारत सीमा नजिक पर्ने खाता जैविक मार्ग आसपासका राष्ट्रिय वन तथा सामुदायिक वन र बर्दिया निकुञ्ज आसपासका मध्यवर्ती सामुदायिक वनमा घाँस, दाउरा लिन र च्याउ टिप्न गएका बेला पाटे बाघको आक्रमणका घटना हुने गरेको प्रहरीले जनाएको छ ।

मृतक दुई जना महिलाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode