Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

दोस्रो पटक पाए प्रधानमन्त्री दाहालले विश्वासको मत


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नुभएको छ ।

दाहालले सोमबार बसेको प्रतिनिधि सभाको बैठकबाट दोस्रो पटक विश्वासको मत लिनुभएको हो ।

प्रतिनिधि सभा बैठकमा भएको मतदानामा दाहालको पक्षमा १७२ मत परेको थियो भने विपक्षमा ८९ मत मत परेको थियो ।

संसदमा सांसदहरुको मत विभाजनको आधारमा मतदान हुँदा दाहाललाई बहुमत प्राप्त भएको हो ।

नेकपा एमाले सहितको गठबन्धनबाट गत पुस १० मा प्रधानमन्त्री बन्नु भएका दाहालले यसअघि पुस २६ मा संसदबाट पहिलो पटक विश्वासको मत लिनु भएको थियो ।

गत फागुन २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा एमालेसँगको समीकरण परिवर्तन गरेर प्रधानमन्त्री दाहाल र उहाँको पार्टी नेकपा माओवादी केन्द्रले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने बताएपछि फागुन १५ मा एमालेले दाहाललाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सोही कारण दाहालले संसदबाट फेरि विश्वासको मत लिनुभएको हो ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रधानमन्त्री लाहाललाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि फेरि संसदमा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।

दाहालले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएलगत्तै चैत ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने निर्णय गर्नु भएको थियो ।

एमालेसँगको समीकरण भत्किएर अहिले कांग्रेससँग नयाँ समीकरण बनेको हो । दाहालले तीन महिनाको बीचमा प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत लिनु भएको हो ।

त्यतिबेला दाहाललाई विश्वासको मत दिएको एमालेले यसपटक भने दिएन ।

प्रधानमन्त्री दाहाललाई कांग्रेस,,माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी,जनमत पार्टी लगायतले विश्वासको मत दिएका हुन् ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode