Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

तनहुँ–१ र बारा–२ मा पनि वैशाख १० गते नै उपचुनाव हुने


तनहुँको क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा पनि वैशाख १० गते नै उपचुनाव हुने भएको छ ।

निर्वाचन आयोगको आज सोमवार बसेको बैठकले तनहुँ–१ र बारा–२ मा वैशाख १० गते उपचुनाव गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

आयोगले यसअघि नै चितवन–२ मा वैशाख १० गते उपचुनाव गर्ने निर्णय गरिसकेको छ । तनहुँ–१ विजयी सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएकोले त्यहाँ रिक्त पदमा उपचुनाव हुन लागेको हो ।

यस्तै बारा–२ का निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसँगै त्यहाँ पनि उपचुनाव हुन लागेको हो ।

संविधानअनुसार प्रतिनिधि सभा सदस्य राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएमा पद रिक्त हुने र उपचुनाव गर्नुपर्ने व्यवस्था छ ।

यस्तै नागरिकता प्रकरणमा सर्वोच्च अदालतको निर्णयअनुसार रवि लामिछानेले सांसद पद गुमाएपछि चितवन–२ मा पनि उपचुनाव हुन लागेको हो ।

निर्वाचन आयोगले तनहुँ–१ र बारा–२ मा पनि यसअघि चितवन–२ का लागि स्वीकृत कार्ययोजनाअनुसार नै चुनावको प्रक्रिया अघि बढाउने भएको छ ।

यसअघि सार्वजनिक कार्यक्रमअनुसार चैत ८ देखि १२ गतेसम्म दल दर्ता, १६ गते मतदाता नामावली प्रकाशन, चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

वैशाख १० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

 

 

 


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode