Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

लमजुङका २ वटा क्याम्पसमा नेविसङ्घ र एउटामा अनेरास्ववियु विजयी


स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० चुनावमा लमजुङमा २ वटा क्याम्पसमा नेविसङ्घ र एउटा क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ ।

लमजुङको बेसीसहरमा रहेको मर्स्याङ्दी बहुमुखी क्याम्पस, सुन्दरबजारमा रहेको मातृभूमि बहुमुखी क्याम्पसमा नेविसङ्घ र सुन्दरबजारमा रहेको लमजुङ कृषि क्याम्पसमा अनेरास्ववियु विजयी भएको हो ।

मर्स्याङ्दीमा नेविसङ्घ र अनेरास्ववियु ९क्रान्तिकारी० का तर्फबाट स्ववियु सभापतिमा नेविसङ्घका सुगम देउजा निर्वाचित हुनुभएको हो ।

सचिवमा नेविसङ्घकै पूर्णबहादुर गुरुङ, कोषाध्यक्षमा शर्मिला भण्डारी, सदस्यहरूमा अनिता थापा, करुणा वाग्ले, प्रितम विक, शरण पौडेल, र सुनील भट्ट निर्वाचित हुँदा अनेरास्ववियु क्रान्तिकारीबाट सदस्यमा सविना प्रजा चेपाङ निर्वाचित हुनुभएको छ ।

यसैगरी समानुपातिकतर्फ नेविसङ्घका वसन्तराज कुइँकेल प्रकाश जमुना श्रेष्ठ, पुष्पा तामाङ र अनेरास्ववियु ९क्रान्तिकारी० की जुना तामाङ सदस्यमा निर्वाचित हुनुभएको छ ।

मातृभूमिमा नेविसङ्घका विशाल थापा सभापतिमा निर्वाचित हुनुभएको छ । यस्तै सचिवमा नेविसङ्घकै अभिषेक पौडेल, कोषाध्यक्षमा ज्योति सार्की विजयी, क्याम्पस सदस्यहरूमा किरण श्रेष्ठ, तीर्थराज थापा र मनिषा थापा निर्वाचित हुनुभएको छ ।

समानुपातिकतर्फ सदस्यहरूमा नेविसङ्घकै हसन मियाँ, सुस्मिता सापकोटा, बन्दना वस्ती, सविना तामाङ, मनिष पौडेल र विज्ञान कोइराला निर्वाचित हुनुभएको छ । यस्तै लमजुङ कृषि क्याम्पसमा अनेरास्वियुका वीरेन्द्र जिसी सभापतिमा विजयी हुनुभएको छ ।

सचिवमा अनेरास्ववियुकै विराज सुवेदी, कोषाध्यक्षमा गौरव जोशी, खुल्ला सदस्यतर्फ चेतना राना, रसिक खनाल, विराज खड्का, विनिता कार्की र धनकुमारी गुरुङ विजयी हुनुभएको छ ।

समानुपातिक सदस्यतर्फ अनेरास्ववियुकै अर्जुन ढकाल, अनिसा कार्की, कृति खरेल, कल्पना पौडेल, सोलिना कार्की ओली, अनुपा शर्मा र पूर्णबहादुर बुढाथोकी निर्वाचित हुनुभएको छ ।

लमजुङको इशानेश्वर क्याम्पस, पुष्पलता क्याम्पस र मंगला क्याम्पसमा भने स्ववियु चुनाव भएन ।

 

 

 


क्याटेगोरी : राजनीति, शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode