Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

नेपालमा सङ्घीयता नौलो कुरा होइन : सीके राउत


जनमत पार्टीका अध्यक्ष डा . चन्द्रकान्त  सीके राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताउनुभएको छ ।

आज सोमवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै अध्यक्ष राउतले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा सङ्घीयता नौलो कुरा नरहेको उल्लेख गर्नुभयो ।

नेपालमा बाइसे, चौबिसे राज्य भनेको सङ्घीयता नै रहेकोले पछिल्लो समय त्यसलाई नै पुनःस्थापित गर्न प्रधानमन्त्री प्रचण्डले महत्त्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘आफूले जन्माएको बच्चाको माया सबैलाई हुन्छ भनेझैँ प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यत्रो सङ्घर्ष गरेर सङ्घीयता ल्याउनुभएको छ । सङ्घीयता नेपालको सन्दर्भमा कुनै नौलो कुरा होइन, पहिला पनि बाइसे, चौबिसे राज्यहरू नेपालमा थिए ।

त्यो भनेको सङ्घीयता नै हो । तर त्यसलाई पुनःस्थापित गर्न प्रधानमन्त्री दाहालले धेरै नै भूमिका खेल्नुभएको छ । यो कुरालाई नकार्न सकिँदैन । त्यसैले हामीले उहाँलाई विश्वासको मत दिने निर्णय गरेको छ ।’

अध्यक्ष राउतले आफ्नो पार्टीले सरकारसँग राखेका मागहरू आउँदा दिनमा समेट्दै लैजानुपर्ने बताउनुभयो ।

 

 

 


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode