Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

प्रचण्डलाई पौडेलको प्रश्न : पुस १० अघिकै गठबन्धनमा जानु थियो भने किन बालुवाटारबाट बालकोट जानुभयो ?


नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमालेसँग सहयात्रा किन टुङ्ग्याएको भनेर प्रश्न गर्नुभएको छ ।

आज सोमवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै उपाध्यक्ष पौडेलले एमालेसँग सत्ता सहयात्रा टुङ्ग्याउनुको कारण माग गर्नुभएको हो ।

उहाँले राजनीतिक दलहरूसँग सहयात्राको विश्वास गर्न लायक काम प्रधानमन्त्रीले नगरेको आरोप लगाउनुभयो । उहाँले पुस १० अघिकै गठबन्धनमा जानु थियो भने किन बालुवाटारबाट बालकोट जानुभयो भन्दै प्रश्न गर्नुभयो ।

उपाध्यक्ष पौडेलले प्रधानमन्त्री बनेको महिना दिन नबित्दै एमालेसँगको सहकार्य टुङ्ग्याउनुको कारण इतिहासले सोधिरहने बताउनुभयो ।

उहाँले नेकपा एमालेले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिनुको कारण प्रधानमन्त्रीले देखाएका गतिविधिले फिर्ता लिनुपरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘ प्रचण्डजी प्रधानमन्त्री पाउनका लागि बालुवाटारबाट बालकोट पुग्नुभयो । फेरि नेकपा एमालेसँग सहकार्य भएको दुई महिना नबित्दै एमालेसँगको सहकार्य किन टुङ्ग्याउनुभयो र यसमा के कारण थियो र अहिले त प्रधानमन्त्रीले यसको जवाफ नदिनुहोला तर इतिहासले यो प्रश्न सधैँ सोधिरहने छ ।’

उपाध्यक्ष पौडेलले नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसक्ने पनि स्पष्ट पार्नुभयो ।

 


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode