Techie IT
  • १८ मंसीर २०८०, सोमबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा कांग्रेस सभापतिमाथि कुटपिट


बैतडीमा काँग्रेस सभापतिमाथि कुटपिट भएको छ। नेपाली कांग्रेस डिलाशैनी गाउँपालिकाका सभापति तथा जिल्ला कार्य समिति सदस्य जयानन्द जोशी (जयराज) माथि आइतबार साझ कुटपिट भएको हो ।

आफ्नै कोठामा खाना पकाइरहेको बेला सभापति जोशीमाथि कुटपिट भएको बताइएको छ। जोशीमाथि कुटपीट गरेको आरोपमा प्रहरीले स्थानीय विरेन्द्र जोशीलाई नियन्त्रणमा लिएको बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय बोलाइएको उनले बताएका छन्। ‘कुटपिटको कारण खुल्न सकेको छैन्, ‘अहिले दुबै पक्षलाई बोलाइएर छलफल भइरहेको छ।’


क्याटेगोरी : अपराध, राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!