Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

मंगलसैनमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किएर दुर्घटना : २ जना घाइते


मध्य पहाडी लोक मार्ग अन्तर्गत मंगलसैनमा ट्र्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जना घाइते भएका छन् ।

मंगलसैन रंगशाला नजिकै पिपलतोली जाने बाटोमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक र सवार गरी २ जना घाइते भएका हुन् ।

घाइते हुनेमा मोटरसाइकल चालक ढकारी गाउँपालिका वडा नम्बर ३ का जनक बुढा र कमल बुढा रहेका छन् । घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

मंगलसैनबाट ठुलासैन तर्फ गइरहेको सु.प.प्र.१-०११ प ३०१३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ५ प १२४० नम्बरको ट्र्याक्टर पिपलतोलीको घुम्तीमा एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक कैलाश विष्टले जानकारी दिए ।

ट्र्याक्टर चालक फरार छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode