Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

प्रधानमन्त्रीलाई एमालेको प्रश्न : के कारणले कांग्रेसतिर फर्किनुपर्‍यो ?


६ चैत, नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूसँग के कारणले सहयात्रा टुंग्याएको भनेर प्रश्न गरेका छन् ।

सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि संसदमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले सोधे, ‘तपाईलाई के कारण पर्‍यो त्यो सहयात्राबाट यो सहयात्रामा फर्किनुभयो ?

उनले यदि कांग्रेससहितको दलसँगको सहयात्रामा फर्किनु थियो भने १० पुसमा एमालेसँग किन सहयात्रा गरेको भनेर प्रश्न गरे ।

हिजो प्रधानमन्त्री बन्न एमाले लगायत राजनीतिक दल चाहिने तर २ महिना पनि नपुग्दै, प्रधानमन्त्री पाउनेवित्तिकै दूरीको सम्बन्ध कायम गर्दै पुरानै गठबन्धनतिर फर्किन खोज्नुभयो ।

उपाध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डलाई एमालेले विश्वासको मत नदिने र संसदका कसैले पनि दिन नहुने बताए ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode