Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

रामारोशनमा ‘उपाध्यक्ष पोषण कोसेली’ कार्यक्रम : गर्भवती आमालाई पोषण


रामारोशन गाउँपालिकामा सुत्केरी आमाहरूलाई पोषण वितरण गरिएको छ । गाउँपालिकाको उपाध्यक्ष पोषण कोसेली कार्यक्रम अन्तर्गत पोषण वितरण गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष सिर्जना बुढाका अनुसार वडा नम्बर १ र २ का ४० जना सुत्केरी महिलाहरूलाई अण्डा लगायत पोषणयुक्त खानेकुरा वितरण गरिएको छ भने अन्य वडामा पनि यो कार्यक्रम संचालन हुनेछ ।

गाउँपालिका अन्तर्गत ७ वटै वडा भित्रका गर्भवती महिलाहरूलाई आवश्यक पोषण उपलब्ध गराई आमाको स्वास्थ्य तन्दुरुस्त, स्वस्थ, सक्षम तुल्याउन र नवजात शिशुलाई निरोगी र स्वस्थ बनाउने उद्देश्यका साथ उनीहरूलाई पोषण वितरण गरिएको गाउँपालिका उपाध्यक्ष बुढाको भनाइ छ ।

गाउँपालिकाको स्वास्थ्य सेवा शाखा अन्तर्गत सञ्चालित उपाध्यक्ष पोषण कोसेली कार्यक्रमले गर्भवती महिला र शिशुलाई पोषणयुक्त बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।




क्याटेगोरी : समाचार, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode