बान्नीगढीमा मौसम अनुसारका कृषि कार्यक्रम सञ्चालित छन् : शाखा प्रमुख ठकुल्ला (कुराकानी सहित)

बान्नीगढी जयगढ गाउँपालिकामा मौसम अनुसारका कृषि कार्यक्रम संचालन भइरहेको कृषि विकास शाखा प्रमुख गोविन्द ठकुल्लाले बताएका छन् ।
गाउँपालिकाको कृषि विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार मौसम अनुसारका कार्यक्रम संचालन भइहेको उनले बताएका हुन् ।
पालिकाका सबै वडामा व्यावसायिक रूपमा तरकारी खेती गरिरहेका किसानहरूलाई ७५ प्रतिशत लागत साझेदारीमा विभिन्न तरकारी बालिका बिउँ विजन वितरण भईरहेकोे उनको भनाई छ ।
यस्तै उन्नत धानको बिउँको माग सङ्कलन भइरहेकाले ईन्छुक किसानलाई पालिकाको कृषि विकास शाखामा आई बिउँ माग गर्न उनले आग्रह गरेका छन् ।
गाउँघरमा बाँझो रहेका खेतीयोग्य जमिनहरूमा खेतीपाती गर्न कृषकहरूलाई प्रित गर्न कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तरगत हाते ट्याक्टर वितरण गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिएका छन् ।

परियार एक दशकदेखी सक्रिय पत्रकारीतामा छन् । उनले समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : कृषि, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया